+
+

सरकारलाई विद्यार्थीको प्रश्न : त्रिचन्द्र कहिले बन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १२:०३

३१ जेठ, काठमाडौं । त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

मंगलबार विहान क्याम्पसको प्राङ्गणमा संघका कार्यकर्ताले भवन पुनर्निर्माणको माग राखी प्रदर्शन गरिएको हो । घण्टाघर साइडको भवनहरू जीर्ण रहेको बताउँदै अध्ययनरत सेरेन जोशीले भने,’भूकम्पपछि भवनको पुनर्निर्माण हुन सकेन । पानी चुहिन्छ । कति खेर भत्केर मरिन्छ जस्तो हुन लाग्यो । भवन जीर्ण बनेको छ ।’

पुन निर्माण प्राधिकरण,शिक्षा मन्त्रालय र पुरातत्व विभागमा जीर्ण भवनको बारेमा जानकारी गराएपनि सुनुवाइ नभएपछि विरोधमा उत्रनु परेको जोशीले बताए ।

प्लेकार्डसहित विरोधमा उत्रेका विद्यार्थीले ‘प्रधानमन्त्री ज्यू,तपाईं पढेको कलेज कहिले बन्ने, शिक्षा मन्त्रालय हराएको सूचना, सेभ त्रिचन्द्र, इतिहासह ढल्दैछ,सरकार मौन छ’ नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?