+
+

बेमौसमी वर्षा पीडित किसानले राहत नपाउनुमा गृह मन्त्रालय जिम्मेवार : कृषिमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १२:४८
फाइल तस्वीर

३१ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बेमौसमी वर्षका कारण पीडित किसानले सरकारी राहत नपाउनुमा दोषी आफू नभएको दाबी गरेका छन् ।

कृषि मन्त्रालयको बजेट र यसबारे सांसदहरुले गरेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले यस्तो दाबी गरेका हुन् ।

‘हामीले पीडित किसानको लागत संकलन गरेर गृह मन्त्रालय पठाएका हौं,’ मन्त्री यादवले भने, ‘वितरण हामीले गरेन भनेर आलोचना भएका छन्, तर दिने काम गृहको हो ।’

मन्त्री यादवले किसान अनुदान र उखु किसानका भुक्तानी पनि पारदर्शी बनाएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?