+

पुरुषको तुलनामा महिलाको मस्तिष्क आधा डिग्री बढी तातो हुन्छ ?

२०७९ जेठ  ३१ गते १४:३४ २०७९ जेठ ३१ गते १४:३४
पुरुषको तुलनामा महिलाको मस्तिष्क आधा डिग्री बढी तातो हुन्छ ?

पुरुषको तुलनामा महिलाको मस्तिष्क केही तातो हुने एक अध्ययनले देखाएको छ । यो तापमान रिसको तुलनामा नभई तापमान मापनका आधारमा बढी हो । महिलाको मस्तिष्क पुरुषको तुलनामा आधा डिग्री बढी तातो हुने अध्ययनले देखाएको छ ।

विशेषगरी रातिको समयभन्दा दिनमा महिलाको मस्तिष्कको तापमान करिब ४० दशमलव ९ प्रतिशत पुग्ने गर्छ ।

क्याम्ब्रिज विश्वविद्यालयको एमसीआर ल्याबोरेटरी फर मोलिक्युलर बायोलोजीले गरेको अनुसन्धानमा शरीरका अन्य अंगको तापमान ३७ डिग्री सेल्सियससम्म भए पनि मस्तिष्कको औसत तापमान ३८ दशमलव ५ डिग्रीसम्म हुने पुष्टि भएको हो । अनुसन्धाताका अनुसार मस्तिष्कको भित्री भागमा तापक्रम बढेर ४० डिग्री सेल्सियससम्म पुग्न सक्छ ।

तापमान बढ्नुको कारण महिनावारी

अनुसन्धानमा मेस्टुअल साइकिलका कारण महिलाका मस्तिष्कको तापमान बढ्छ । मेस्टुअल कप भनेको महिनावारी हुँदा हुने रक्तश्रावलाई कपडामा लाग्न नदिन योनीमा राखिने एक नरम कप हो । महिनावारीको गडबडीका कारण महिलाको मस्तिष्कको तापमान बढ्ने गरेको अध्ययनले देखाएको छ ।

अनुसन्धानमा सहभागी डा. जोन ओ नीलले कुनै समय मान्छेको शरीरको तापमान निकै बढ्ने गरेको देखिएको बताएका छन् । मस्तिष्क तथा शरीरको तापमान बढ्दा त्यो ज्वरोको श्रेणीमा आउने उनको भनाइ छ । टाउकोको बिरामी भएकाहरुमा मस्तिष्क तथा शरीरको तापमान बढी हुने गरेको अनुसन्धानमा खुलेको उनले जनाएका छन् ।

उमेरसँग बढ्दै जान्छ तापमान

बढ्दो उमेरसँग मानिसको मस्तिष्कको तापमान पनि बढ्दै जान्छ । बढ्दो उमेरसँगै मानिसको मस्तिष्कलाई ‘कुलडाउन’ गर्न सक्ने क्षमतामा समेत कमी आउने शोधकर्ताले बताएका छन् । तर यो मस्तिष्कमा रहेको विकार वस्तुका कारण हुन्छ वा हुँदैन यसबारे अनुसन्धान गर्नुपर्ने उनीहरुको भनाइ छ ।

दैनिक भास्करबाट

मस्तिष्क महिला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय