+

पुरुषको तुलनामा महिलाको मस्तिष्क आधा डिग्री बढी तातो हुन्छ ?

२०७९ जेठ  ३१ गते १४:३४ २०७९ जेठ ३१ गते १४:३४
पुरुषको तुलनामा महिलाको मस्तिष्क आधा डिग्री बढी तातो हुन्छ ?

पुरुषको तुलनामा महिलाको मस्तिष्क केही तातो हुने एक अध्ययनले देखाएको छ । यो तापमान रिसको तुलनामा नभई तापमान मापनका आधारमा बढी हो । महिलाको मस्तिष्क पुरुषको तुलनामा आधा डिग्री बढी तातो हुने अध्ययनले देखाएको छ ।

विशेषगरी रातिको समयभन्दा दिनमा महिलाको मस्तिष्कको तापमान करिब ४० दशमलव ९ प्रतिशत पुग्ने गर्छ ।

क्याम्ब्रिज विश्वविद्यालयको एमसीआर ल्याबोरेटरी फर मोलिक्युलर बायोलोजीले गरेको अनुसन्धानमा शरीरका अन्य अंगको तापमान ३७ डिग्री सेल्सियससम्म भए पनि मस्तिष्कको औसत तापमान ३८ दशमलव ५ डिग्रीसम्म हुने पुष्टि भएको हो । अनुसन्धाताका अनुसार मस्तिष्कको भित्री भागमा तापक्रम बढेर ४० डिग्री सेल्सियससम्म पुग्न सक्छ ।

तापमान बढ्नुको कारण महिनावारी

अनुसन्धानमा मेस्टुअल साइकिलका कारण महिलाका मस्तिष्कको तापमान बढ्छ । मेस्टुअल कप भनेको महिनावारी हुँदा हुने रक्तश्रावलाई कपडामा लाग्न नदिन योनीमा राखिने एक नरम कप हो । महिनावारीको गडबडीका कारण महिलाको मस्तिष्कको तापमान बढ्ने गरेको अध्ययनले देखाएको छ ।

अनुसन्धानमा सहभागी डा. जोन ओ नीलले कुनै समय मान्छेको शरीरको तापमान निकै बढ्ने गरेको देखिएको बताएका छन् । मस्तिष्क तथा शरीरको तापमान बढ्दा त्यो ज्वरोको श्रेणीमा आउने उनको भनाइ छ । टाउकोको बिरामी भएकाहरुमा मस्तिष्क तथा शरीरको तापमान बढी हुने गरेको अनुसन्धानमा खुलेको उनले जनाएका छन् ।

उमेरसँग बढ्दै जान्छ तापमान

बढ्दो उमेरसँग मानिसको मस्तिष्कको तापमान पनि बढ्दै जान्छ । बढ्दो उमेरसँगै मानिसको मस्तिष्कलाई ‘कुलडाउन’ गर्न सक्ने क्षमतामा समेत कमी आउने शोधकर्ताले बताएका छन् । तर यो मस्तिष्कमा रहेको विकार वस्तुका कारण हुन्छ वा हुँदैन यसबारे अनुसन्धान गर्नुपर्ने उनीहरुको भनाइ छ ।

दैनिक भास्करबाट

मस्तिष्क महिला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्था सुरु भएदेखि सुत्केरीसम्म : सुरक्षित मातृत्वका लागि जान्नै पर्ने कुरा

गर्भावस्था सुरु भएदेखि सुत्केरीसम्म : सुरक्षित मातृत्वका लागि जान्नै पर्ने कुरा

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया रोक्न माग

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया रोक्न माग

निद्राको कमीले मस्तिष्कमा कस्तो असर गर्छ ?

निद्राको कमीले मस्तिष्कमा कस्तो असर गर्छ ?

पसिना किन नुनिलो हुन्छ ?

पसिना किन नुनिलो हुन्छ ?

रुघा लागेको समयमा आँप खान हुन्छ ?

रुघा लागेको समयमा आँप खान हुन्छ ?

पेटमा जम्मा हुने बोसो शरीरका अन्य भागको भन्दा खतरनाक

पेटमा जम्मा हुने बोसो शरीरका अन्य भागको भन्दा खतरनाक