+
+

कालापानी क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य छैन : परराष्ट्रमन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १६:३२

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको बताएका छन् ।

कालापानी क्षेत्रमा रहेको भारीय क्याम्प हट्नुपर्ने, नेपालको दार्चुला हुँदै मानसरोवर जाने गरी भारतले बनाएको बाटोको विषयलाई लिएर नेपालमा प्रश्न उठिरहेको छ ।

त्यसलाई रोक्न नेपाल सरकारले कुटनीतिक पहल गर्न नसकेको भनी आलोचना भैरहेका बेला परराष्ट्रमन्त्री नारायण खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको बताएका हुन् ।

‘लिपुलेक, लिम्पयाधरा, कालापानी लगायतका सबै भू-भागहरु नेपालको भएको र त्यस क्षेत्रमा र सीमा सम्बन्धी विषयहरुमा आपसी समझादारीबिना एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाल सरकालाई मान्य छैन्’ मन्त्री खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?