+
+

बैंकहरुको कृषि कर्जा सबैभन्दा धेरै काठमाडौंमा

सबैभन्दा बढी कृषि कर्जा काठमाडौंमा परिचालन हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको प्रतिवेदन (अर्धवार्षिक) अनुसार आर्थिक वर्ष २०७८/७९ को पुस महिनासम्म बढी कृषि कर्जा लिने जिल्लामा काठमाडौं अघि छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १८:३०

३१ जेठ, काठमाडौं । सबैभन्दा बढी कृषि कर्जा काठमाडौंमा परिचालन हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको प्रतिवेदन (अर्धवार्षिक) अनुसार आर्थिक वर्ष २०७८/७९ को पुस महिनासम्म बढी कृषि कर्जा लिने जिल्लामा काठमाडौं अघि छ ।

बैंक तथा वित्तीय संस्थाबाट बागमती प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा यो वर्ष ३.३ प्रतिशतले बढेर पुसससम्म १ खर्ब ३ अर्ब ४१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २०.२ प्रतिशतले बढेको थियो । कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको ४.० प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।

बागमतीभित्र कृषि क्षेत्रमा प्रवाहित कर्जामध्येमा काठमाडौं जिल्लाको अंश ४०.४ प्रतिशत छ । अर्थात् ४१ अर्ब ७३ करोड रुपैयाँ कृषि काठमाडौंमै परिचालन भएको छ ।

प्रदेशको कुल कषि बाली र उत्पादनमा औसत ६.५ प्रतिशत मात्रै योगदान दिने काठमाडौंमा करिब ४१ प्रतिशत कृषि कर्जा परिचालित हुनुले कृषि कर्जा वास्ताविक कृषकभन्दा पहुँचवालाको हातमा पुगिरहेको स्पष्ट गर्छ ।

काठमाडौंले बागमतीमा उत्पादन हुने खाद्य तथा अन्य बालीमा ६.५ प्रतिशत मात्रै योगदान दिन्छ । त्यस्तै काठमाडौंले प्रदेशमा तरकारी बालीमा १० प्रतिशत र फलफूल तथा मसलामा ३ प्रतिशत मात्रै योगदान गर्छ । यस्तै दूधमा ११.९, मासुमा १.९, अण्डामा ११.९ र माछापालनमा ०.६ प्रतिशत मात्रै उत्पादनमा काठमाडौंको हिस्सा छ ।

काठमाडौं यी सबै उत्पादनमा काभ्रे, चितवन लगायतका जिल्ला काठमाडौं भन्दा धेरै अघि छन् । तर, कृषि कर्जा भने काठमाडौंकै कृषि फर्म र कृषकहरुमा केन्द्रित छ ।

कृषि कर्जामा चितवनको अंश २९.९ प्रतिशत, मकवानपुरको ६.४ प्रतिशत, काभ्रेपलाञ्चोकको ५.१ प्रतिशत, धादिङको ४.० प्रतिशत, नुवाकोटको ३.७ प्रतिशत, ललितपुरको ३.१ प्रतिशत, भक्तपुरको अंश २.४ प्रतिशत, सिन्धुलीको अंश १.८ प्रतिशत छ ।

यस्तै सिन्धुपाल्चोकको अंश १.२ प्रतिशत, दोलखाको अंश ०.७ प्रतिशत, रामेछापको अंश ०.६ प्रतिशत र रसुवाको अंश ०.६ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?