+
+

सुदूरपश्चिम प्रदेश सरकारले आज ३५ अर्ब बढीको बजेट ल्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते ७:५५

१ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउँदैछ । दिउँसो साढे ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने प्रदेश सरकारले जनाएको छ ।

आर्थिक मामिला मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ५ अर्बले बढाएर ३५ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी छ ।

आर्थिक मामिला राज्यमन्त्री अमर साउदले पनि चार वर्षको तुलनामा यो वर्ष सबैभन्दा बढी बजेट ल्याउने तयारी भएको बताए तर उनले बजेटको आकार भने खुलाएनन् । बजेटमा सरकारले भौतिक पूर्वाधार निर्माण, कृषि र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकता दिने उनले बताए ।

सरकारले पूराना र बहुवर्षीय योजनाहरुमा समेत पर्याप्त बजेट विनियोजन गरेको बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९का लागि ३० अर्ब ३३ करोडको बजेट ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?