+
+
Shares

एसपीपीको आलोचना गर्दै एमालेले भन्यो- नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १२:०५

१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएको छ । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सम्झौतामा नेपाल सरकारले हस्ताक्षर गर्न खोजेको भन्दै एमालेले सरकारमाथि उक्त आरोप लगाएको हो ।

आजको संसद बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम हुनै पनि हालतमा स्वीकार्य हुँदैन । हामी त्यो कुरा हुन दिने छैनौं ।’

उनले छिमेकी वा शक्ति राष्ट्रका आ-आफ्ना स्वार्थ र रणनीतिहरू हुने भए पनि उनीहरूको साझेदार नेपाल बन्न नहुने बताए । ‘हामी सबैका मित्र हौं । तर उहाँहरूका ग्लोबल स्ट्राटेजीहरू होलान्, ग्लोबल एजेण्डाहरू होलान्, उहाँहरूका ग्लोबल पार्टनरसिप होलान्,’ ज्ञवालीले भने, ‘सरी टु से हामी तपाईंहरूको त्यो ग्लोबल एजेण्डाको साझेदार बन्न सक्दैनौं भन्ने कुरा यदि यति पनि भन्न सक्दैन भने यो सरकारमा बसिरहने नैतिक अधिकार कसरी हुन्छ ?’

उनले रुसका एक जना आरोहीले सगरमाथाको चुचुरोबाट अर्को एउटा देशकोविरुद्ध झण्डा उचालेको विषयमा पनि सरकारको आलोचना गरे ।

सगरमाथा नेपाल र नेपालीको गौरव, पहिचान र शान भएको बताउँदै ज्ञवालीले भने, ‘तर त्यो ठाउँबाट एउटा देशको विरुद्ध झण्डा उचाल्ने काम गरियो, के सगरमाथालाई पनि रणनीतिक मैदानको थलो बनाउन खोजेको हो ?’

उनले थपे, ‘पर्यटन मन्त्रालयले प्रत्येक वर्ष आरोहीको पछाडि लिआजो अफिसरहरू पठाउँछ । के गर्छन् ति लिआजो अफिसरले ? के गर्न पाइन्छ, के गर्न पाइँदैन भन्ने कुनै कोड अफ कन्डक्ट, कुनै मर्यादाको सीमा छैन ?’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?