+
+

१६ किलो गाँजासहित ३ जना मकवानपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १४:१५

१ असार, मकवानपुर । प्रहरीले १६ किलो गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उप-महानगरपालिका-११ बस्‍ने ४० वर्षीय किताब सिंह गोले, राक्सीराङ गाउँपालिका-१ बस्‍ने ३२ वर्षीय विक्रम कुमार गोले र सोही नगरपालिका बस्‍ने ३४ वर्षीय कुमार घ्यावा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले स्थित पुर्व-पश्चिम लोकमार्ग सडक खण्डमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ज १६५६ नं.को यात्रुबाहक माईक्रो बस चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?