+
+

पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १५:२०
फाइल तस्वीर

१ असार, काठमाडौं । सरकारले पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार संसदमा बोल्दै यस्तो जानकारी गराएका हुन् । अहिले सुगममा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा उड्ने ननप्रेसराइज जहाज २० वर्ष पुराना भएमा किन्न नपाउने नियम छ । यसलाई घटाएर अब १० र १५ वर्ष कायम गर्ने तयारी सरकारले गरेको मन्त्री आलेले जानकारी दिए ।

संसदमा पुराना जहाज किन्ने र त्यसले दुर्घटना हुने गरेको भन्दै प्रश्न उठेको थियो । यसबारे बोल्दै मन्त्री आलले नियमनकारी निकाय, जहाज निर्माता कम्पनीले निर्धारण गरेको अन्तर्राष्ट्रिय मापदण्ड भित्र रहेर जहाजका पार्टपूर्जा निश्चित अवधि भित्रै परिवर्तन गर्ने भएकाले जहाज निश्चित समयमा मात्र पुरानो हुने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?