+
+

एसपीपीको विरोध गर्दै माइतीघरमा प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ असार १ गते १६:४६

१ असार, काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा समर्थन नगर्न दबाव दिदै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको  विद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतीघरमा भेला भएका अखिल क्रान्तिकारीका कार्यकर्ताले एसपीपी समर्थन नगर्न, एमसीसी खारेज गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेको हो । हालै अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्रामको मस्यौदा समर्थनका लागि पठाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि छिट्टै अमेरिका भ्रमणमा जान लागेपछि यही एसपीपीमा समर्थन गर्न जान लागेको भन्दै विरोध भइरहेको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?