+
+

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान खारेज गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १७:३१

१ असार, काठमाडौं । सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्न अब एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन ल्याउने भएको छ ।

मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा स्वास्थ्य तथ जनसंख्यामन्त्री खतिवडाले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनसम्बन्धी मस्यौदा तयार भइसकेको बताए ।

सबै सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अब सरकारले एउटै ऐनबाट चलाउने भएको छ ।

‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐनसम्बन्धी मस्यौदा तयार भइसकेको छ । अब सबै प्रतिष्ठानमा भिसी रहेर झञ्झट हुनेभन्दा पनि एउटा भिसी राखेर छाता ऐन ल्याएर सबै प्रतिष्ठानलाई सञ्चालन गर्ने गरी मस्यौदा तयार भएको छ । त्यसलाई अन्तिम रुप दिन बाँकी छ’, मन्त्री खतिवडाले भने ।

सरकारले आर्थिक भार कम गर्न र शैक्षिक कार्यक्रममा एकरुपता ल्याउनका लागि सबै प्रतिष्ठानको प्रशासनिक नेतृत्व एउटा उपकुलपति र रजिष्ट्रारले हेर्ने गरी एकीकृत छाता ऐन ल्याउन लागेको हो ।

हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राप्ती, कर्णाली, पोखरा, पाटन, मदन भण्डारी, मधेश, र बीपी कोइराला लगायतका स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् । ती सबै प्रतिष्ठानले शैक्षिक कार्यक्रम र परीक्षा प्रणाली आ आफ्नै तरिकाले सञ्चालन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?