+
+

प्रदेश सरकारका बजेट : फिल्म पर्यटनदेखि चलचित्र बोर्ड गठनसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १९:०३

काठमाडौं । सातै प्रदेशले बुधबार आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याएका छन् । केही प्रदेश सरकारले फिल्म, कला, साहित्य, संगीत र नाट्य क्षेत्रको लागि पनि बजेट विनियोजन गरेका छन् ।

तर गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशले चाहिं कला क्षेत्रका लागि बजेट नै विनियोजन गरेका छैनन् ।

७० अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको बागमती प्रदेशले पर्यटकीय गन्तव्य, कला संस्कृतिको छायांकन गरी चलचित्रको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न बजेट विनियोजन गरेको छ ।

साथै मौलिक कला, लोकसंगीत, नृत्य, नाट्य साहित्य र प्रदर्शनकारी लोककलाको अभिलेखीकरण, संरक्षण, अनुसन्धान र विकासमा जोड दिने जनाएको छ ।

सांस्कृतिक क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति, शहीद तथा घाइते व्यक्तिको सम्मानको लागि स्मृति केन्द्र, प्रतिष्ठान तथा अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्न बागमती प्रदेश सरकारले बजेट छुट्टाएको छ ।

४६ अर्ब ८८ करोड आकारको बजेट ल्याएको मधेश प्रदेश सरकारले चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । साथै भाषा, साहित्य, कलाको संरक्षण एवं सम्वद्र्धनको लागि मधेश प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना गर्न र परम्परागत लोकसंगीत, नृत्य, नाटक लगायतका श्रव्य तथा लोककलाको अध्ययन तथा अनुसन्धान गर्न बजेट विनियोजन गरेको छ ।

७० अर्ब ९३ करोड बजेट ल्याएको प्रदेश १ ले चलचित्र विकास र प्रवर्द्धनको लागि प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमा चलचित्र छायांकन स्थलको सम्भाव्यता अध्ययन र प्रदेशको पहिचान एवं पर्यटन प्रवर्द्धन गर्ने चलचित्रलाई प्रोत्साहन गर्नको लागि बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?