+
+

यो साता पहिलो पटक बढ्यो सेयर बजार, १२.५७ अंकको वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १५:१७

२ असार, काठमाडौं । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए ।

बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर किनबेच भएको छ । यसबाट कुल १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँ कारोबार भएको छ ।

बिहीबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसको मूल्य ५४२.५० रुपैयाँ पुग्यो । रिभर फल्स पावरको मूल्य ९.९७ प्रतिशतले बढेर २९० रुपैयाँमा पुग्यो । सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य ९.९६ प्रतिशत बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ३.८० प्रतिशतले घटेको छ । राष्ट्र उत्थान लघुवित्त, माउण्टेन इनर्जीसहितका कम्पनीको मूल्य समेत धेरै घटेको छ । बिहीबार सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?