+
+

सरकारले बनायो रेडक्रसको अर्को तदर्थ समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १५:१३

२ जेठ, काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति पुनः गठन गरेको छ ।

सर्वोच्च अदालतले डा. नेत्र तिम्सिना नेतृत्वको तदर्थ समितिलाई नै निरन्तरता दिन अन्तरिम आदेश दिए पनि सरकारले सुदर्शनप्रसाद नेपाललाई पुन तदर्थ समितिको सभापतिको जिम्मेवारी दिएको हो ।

३१ जेठमा बसेको मन्त्रिपरिषद बैठकले रुपन्देहीका नेपाललाई तदर्थ समितिको सभापतिको जिम्मेवारी दिएको हो । नेपालको नेतृत्वमा बन्ने तदर्थ समितिले तीन महिनाभित्र अधिवेशन गराउनुपर्नेछ ।

तिम्सिना नेतृत्वको तदर्थ समितिले समयमा संघको अधिवेशन गर्न नसकेको भन्दै सरकारले हटाएको थियो । त्यसको विरुद्धमा सर्वोच्च गएका उनलाई अदालतले थमौती दिएको थियो ।

तर उक्त मुद्दामा अन्तिम फैसला नआउँदै सरकारले दोस्रोपटक तिम्सिनालाई हटाएको हो । नेपाल नेतृत्वको तदर्थ समिति ३३ जनाको बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?