+
+

सेयर बजार ७.५७ अंकले घट्यो 

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १३:२९

३ असार, काठमाडौं । नेप्सेले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार हुने गरी समय तय गरेअनुसार आज पहिलो कारोबार भयो । दिउँसो १ बजे बन्द भएको सेयर बजार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा आएर रोकिएको छ । यससँगै अब सेयर कारोबार साताको ६ दिन नै हुने भएको हो । शनिबार बन्द रहने कारोबार आइतबारदेखि बिहीबारसम्म भने अपरान्ह ११ बजेबाट तीन बजेसम्म चल्नेछ ।

शुक्रबार २२० कम्पनीको १५ हजार १६३ वटा कारोबारबाट २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच भएको छ । यस दिन ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार म्युचअल फन्डबाहेक सबै उपसमूहको मूल्य घटेको छ । जसमा सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ताले गुमाएका छन् ।

शुक्रबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ५९६.७० रुपैयाँ कायम भएको छ । सीवाईसी नेपाल लघुवित्तको मूल्य ४.०२ प्रतिशतले बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्सको मूल्य समेत धेरै बढ्नेमा रह्यो । बिहीबारबाटै कारोबारमा आएको रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै ५.९३ प्रतिशतले घट्यो । यसको मूल्य २७३ रुपैयाँमा झरेको छ । बुद्धभूमि नेपाल हाइड्रोको मूल्य ४.६४ प्रतिशतले घटेको छ । यस दिन नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?