+
+

पुराना जहाज किन्न कडाइ गर्ने मन्त्री आलेको घोषणामा वायुसेवा कम्पनीको कडा विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १५:०२
फाइल तस्वीर

३ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलले संसदमा घोषणा गरेको पुराना जहाज खरीद गर्ने समय घटाउने विषयप्रति वायुसेवा कम्पनीहरुले कडा विरोध जनाएका छन् । उनीहरुले मन्त्रीले स्वच्छाचारी, अव्यवहारी तथा तर्कहिन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्न/नगराउन प्रधानमन्त्री समक्ष आग्रह समेत गरेका छन् ।

शुक्रबार प्रधानमन्त्रीलाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले संवाद नै नगरी मन्त्रीबाट एकतर्फी अभिव्यक्ति दिएको बताएका हुन् । यसअघि १ असारमा संसदमा बोल्दै मन्त्री आलेले प्रेसराइज जहाज १० वर्ष र ननप्रेसराइज जहाज १५ वर्ष पुरानो भएपछि किन्न नपाउने गरी सरकारले नियम बनाउन लागेको बताएका थिए । अहिले यस्तो नियम १५ र २० वर्ष रहेको छ ।

क्या. थापाले जहाजको हरेक पार्टपूर्जाको निश्चित साइकल तथा अवधि हुने भन्दै अन्तर्राष्ट्रिय मापदण्डको अक्षरस पालना गरिएको समेत जनाएका छन् । उनले भनेका छन्, ‘विमानको उमेरसँग जहाज दुर्घटना कदापी दाँज्न मिल्दैन, हरेक दुर्घटनाको छानबिन प्रतिवेदन हेर्दा सबै छर्लङ्ग हुन्छ । हवाई इन्धन अत्यधिक महँगो हुनु, डलरको विनिमय दर बढिरहेको समयमा हवाई सेवाको लागत बढेको भन्दै यस्तो नियम लागू भएमा यात्रुमाथि भार पर्ने समेत वायुसेवा सञ्चालकहरुको भनाइ छ ।

हेर्नुहोस् स‌ंघले प्रधानमन्त्रीलाई लेखेको पत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?