+
+

थप ३४ जनामा कोरोना संक्रमण, १०४ जना सक्रिय संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १७:०५

३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३४ जनाको पीसीआर परीक्षणमा २४ जना र १ हजार ३७६ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने हाल देशभर १०४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०२ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेशनमा बसेका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७०२ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?