+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे सिके राउत

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते ७:४९

४ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले डिल्लीबजार कारागार पुगेका छन् ।

आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेका उनले जेलमा रहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेटेका छन् ।

कारागार प्रशासन स्रोतका अनुसार डा. राउतले पाँच मिनेट मात्रै चौधरीसँग कुराकानी गरेका थिए । भेटका क्रममा भाबी दिनका हुनसक्ने सहकार्यको विषयमा छलफल भएको बताइएको छ ।

चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् । टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा उनी कारागारमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?