+
+

रुपन्देहीको जिसस प्रमुखमा कांग्रेसका चपाईं निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १३:१८

४ असार, बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ ।

जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए ।

३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाएर निर्वाचित हुँदा नेकपा एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत ल्याइन् ।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल दलित/अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल, लोसपाका मुकेश कुमार पाण्डे, नेकपा माओवादी केन्द्रकी मञ्जु परियार र लोसपाकी बुधनी चमार निर्वाचित भएका निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?