+
+

अन्तर्घात गरेको आरोपमा अर्घाखाँचीमा कांग्रेसका १० नेता निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १९:१६

४ असार,बुटवल । स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा अर्घाखाँचीमा नेपाली कांग्रेसका जिल्ला उपसभापतिसहित १० जना निलम्बित भएका छन् ।

पार्टीका जिल्ला उपसभापति बाबुराम पौडेल, पूर्व क्षेत्रीय सभापति मणिराम पौडेल सहितलाई साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निलम्बन गरेको कांग्रेसको जिल्ला समितिले जनाएकोछ ।

निलम्बन हुने अरुमा पाणिनी गाउँपालिका–८ का पूर्व सभापति यज्ञप्रसाद पौडेल, भुमिकास्थानका नगरपालिका सचिव तारा घिमिरे, ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णु मरासिनी र हरिप्रसाद मरासिनी रहेका छन् ।

महाधिवेशन प्रतिनिधि सिर्जना विक, पाणिनी–८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई ६ महिनाका लागि निलम्बन गरेको कांग्रेसको अनुशासन समिति अर्घाखाँचीले जनाएको छ ।

स्थानीय निर्वाचनमा विभिन्न वडाबाट आएका सिफारिसको आधारमा ६ महिनादेखि १ वर्षसम्मका लागि निलम्बन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?