
४ असार, जनकपुरधाम । सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले आफ्नो जन्मदिनको अवसर पारेर शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्रांगणको रक्तसञ्चार केन्द्रमा उनले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको एसपी काफ्लेले बताए । त्यस अवसरमा ३४ जनाले रक्तदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4