+
+

गुडिरहेको स्कुटर र मोटरसाइकल पहिरो खस्दा ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते २०:२८

४ असार, चितवन । नारायणगढ– मुग्लिन सडकखण्डमा गुडिरहेको स्कुटर र मोटरसाइकलमा पहिरो खस्दा तीन जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोलास्थित नाम्सीपुल नजिक गुडिरहेको बेला माथिबाट सुख्खा पहिरो खस्दा तीन जना घाइते भएका हुन् ।

स्कुटरमा सवार दुई जना र मोटरसाइकलमा सवार एक जना घाइते भइको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सामान्य घाइते भएर घरतिर हिडेको तथा लु ८८ प २७४ नम्बरको स्कुटरमा सवार भरतपुर ७ बस्ने ३२ बर्षकी एन्जिला गुरुङ र सोही स्कुटरको पछाडि बस्ने ३८ बर्षकी सरला भण्डारीलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले जनाएको छ ।

उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । खसेको पहिरो समेत पन्छाई सडक भने अहिले दुईतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?