+
+

साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १०:४१

५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् ।

सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएकाे जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए ।

बाइडेनले उठेर आफू ठीक रहेको बताए । ह्वाइटहाउसका एक अधिकारीले उनको स्वास्थ्य ठीक रहेको र उनलाई कुनै स्वास्थ्य हेरचाह आवश्यक नरहेको बताएको न्यूयोर्क टाइम्सले समाचार लेखेको छ ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ७९ वर्षीय बाइडेन अहिले अमेरिकी राज्य डेलावेयरमा बिदा मनाइरहेका छन् ।

गत महिना पनि उनी सिँढीबाट झण्डै लडेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?