 
																			५ असार, काठमाडौं । साताका पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घटेको छ । आइतबार १.८९ प्रतिशतले घटेको सेयर बजार १९३४.११ बिन्दुमा आएर रोकिएको छ ।
आइतबार २२३ कम्पनीको २७ हजार ६ वटा कारोबारबाट ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १३ करोड ४० लाख ९१ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ६५६.३० रुपैयाँ कायम भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ४.०५ प्रतिशले बढ्यो ।
सबैभन्दा बढी गुमाउनेमा रिभर फल्स पावर लिमिटेड रहेको छ । रिभर फल्सको मूल्य ९.५६ प्रतिशतले घटेर २४९.९० पैसा कायम भएको छ । रिभर फल्सपछि बढी गुमाउनेमा बलेफी हाइड्रपावर र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4