+
+

थप २३ जनामा कोरोना संक्रमण, १०८ जना सक्रिय संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १७:२२

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ जना होम आइसोलेसनमा रहेका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार 7३९ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३०० जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?