+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

महानगरको फोहोर व्यवस्थापन : स्रोतमै वर्गीकरण, ‘जेरो वेस्ट’ नीति कार्यान्वयन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १८:३४

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमा नै वर्गीकरण गर्ने व्यवस्था मिलाइने घोषणा गरेको छ ।

आइतबार महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन (बालेन्द्र) साहले कुहिने फोहोरलाई घरमै मल बनाउने महानगरवासीका लागि सोही प्रयोजनमा लाग्ने शुल्कमा विशेष सहुलियत दिने प्रबन्ध मिलाइने भन्दै स्रोतमै वर्गीकरण गर्ने घोषणा गरेका हुन् ।

यस्तै महानगरले प्रविधिमा आधारित फोहोरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैला दीगो व्यवस्थापन गरिने घोषणा गरेको छ ।

जसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ति, स्थापना, विकास र सञ्चालनको कार्य गर्न एक छुट्टै परियोजना गठन गरी ‘जेरो वेस्ट’ कार्यान्वयन अवधारणा नीति लिइने घोषणामा उल्लेख छ ।

महानगरले फोहर वस्तुको संकलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग तथा उर्जा उत्पादनका लागि काठमाडौं लगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरुमा ‘वेस्ट टु इनर्जी प्लान्ट’ जडान गर्ने नीति लिएको छ ।

नीति तथा कायर्यक्रममा फोहोरमैलाको दीगो व्यवस्थापनका लागि फोहोरको संकलन, ढुवानी र रुपान्तरण गर्न प्रतिस्पर्धात्मक विधिबाट काम गर्ने घोषणा महानगरले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?