+
+

द्वन्द्वमा बलात्कार पीडितको माग- नेपाली सेनाले हामीसँग संवाद गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते २१:२७

५ असार, काठमाडौं । विभिन्न राजनीतिक माग राख्दै देशमा चलेको एक दशक लामो युद्ध अन्त्यको घोषणा गर्दै राज्य र विद्रोही पक्षबीच बृहत् शान्ति सम्झौता भएको पनि डेढ दशक नाघिसकेको छ । यसबीचमा धेरै राजनीतिक परिवर्तन भए ।

देश राजतन्त्रात्मक शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो । यही राजनीतिक उद्देश्यका लागि भएको युद्धमा बलात्कृत भएका महिलाहरूले अहिलेसम्म न कुनै राहत पाएका छन् न त न्याय नै । उनीहरू राज्यको अभिलेखमा पनि अटाएका छैनन् ।

द्वन्द्वमा बलात्कार पीडित महिलाहरूको अवस्था अहिले पनि पीडादायी छ । शान्ति स्थापनाको डेढ दशकपछि बलात्कारपीडित महिलाहरू संगठित भएर प्रधानमन्त्री कार्यालयमा न्याय खोज्न पुग्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ ।

द्वन्द्वमा बलात्कार पीडित महिलाहरूको राष्ट्रिय संगठनकी संयोजक देवी खड्का द्वन्द्वमा बलात्कार पीडितहरुको माग सम्बोधन गर्न अहिले सबैभन्दा अनुकूल समय भएको बताउँछिन् । बलात्कार पीडितलाई न्याय दिने समय घर्किसकेकोले राज्य संवेदनशील बन्नुपर्ने उनको माग छ ।

प्रस्तुत छ द्वन्द्वमा यौनहिंसा उन्मुलनको लागि अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा संयोजक खड्कासँग अनलाइनखबरकर्मी बिनु सुवेदीले गरेको कुराकानी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?