+
+

राप्रपाले निगमसँग माग्यो मूल्यवृद्धिको कारण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १२:१९

६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण मागेको छ ।

नेपाल आयल निगमलाई सोमबार पत्र बुझाउँदै राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सात वटा प्रश्नको जवाफ मागेको छ ।

राप्रपाले नेपालका अतिविशिष्ट व्यक्तिहरुलाई वार्षिक रुपमा उपलब्ध गराउने इन्धनको परिमाण, आयाल निगमका कर्मचारीले पाउने बोनस के कति हो त्यसको जानकारी दिन भनिएको छ ।

यस्तै पेट्रोल, डिजेल र मट्टितेलको कच्चा पदार्थको मूल्य, त्यसको प्रशोधनमा लाग्ने खर्च, सरकारलाई तिनु पर्ने कर, ढुवानीमा लाग्ने भाडासहितको विवरण माग गरिएको राप्रपाका प्रवक्ता एवम् सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?