+
+

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त चितवनबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १४:५९

६ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

चितवनको खैरहनी नगरपालिका-४ बस्‍ने ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ६ दिन कैद सजाय र १३ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

तामाङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी एभरेष्ठ बैंकको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

चितवनमा लुकिछपी बसिरहेको अवस्थामा तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?