+
+

हवाई भाडा बढ्यो, धनगढी पुग्न अधिकतम १६,८०५ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १९:३०
फाइल तस्वीर

६ असार, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने छ । अब काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ ।

यो सबैभन्दा उच्च दर हो । कम्पनीहरुले प्रतिस्पर्धाका आधारमा यसभन्दा कम मूल्यमा टिकट बेच्न सक्छन् ।

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्‍याएको छ । काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेको छ । अब यो विमानस्थलसम्मको यात्राका लागि अधिकतम ४ हजार १९५ पुगेको छ । भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ । यहाँ २ सय रुपैयाँ भाडा बढेको छ । बढेको भाडा बुधबारबाट लागु हुनेछ ।

यस्तो छ विभिन्न गन्तव्यमा लाग्ने हवाई भाडाको सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?