+
+

शान्तिको शर्माको कविता संग्रह ‘सपनाको समाधि’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १७:१८

काठमाडौं । कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’को विमोचन गरिएको छ । काठमाडौंमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लेखक जीवा लामिछाने, प्राज्ञ देवी नेपाल, कवि प्रल्हाद पोखरेल र सांसद आङदाबा शेर्पाले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।

कार्यक्रममा कुलपति उप्रेतीले साहित्यकार शर्माको सिर्जनाकला प्रशंसायोग्य रहेको भन्दै अझै सुन्दर र सशक्त सिर्जनाका लागि शुभकामना दिए । कवयित्री मोमिलाले शर्माका कविताका विषय र शिल्प बेजोड रहेको टिप्पणी गरिन् ।

समालोचक डा. देवी नेपालले शान्तिले छोटो समयमै उत्कृष्ट सिर्जना गरेर उदाहरण प्रस्तुत गरेको औंल्याए भने साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेलले शान्तिका कवितामा जीवन, जगत र प्रकृतिको सुन्दर र कलात्मक संयोजन भएको बताए ।

साझा प्रकाशनद्वारा प्रकाशित संग्रहमा प्रेम, प्रकृतिसहित विभिन्न विषयवस्तुका ४७ वटा लामा–छोटा समसामयिक कविता समेटिएको छ । यसअघि शर्माका ‘अम्लान फूल’ गजलसंग्रह र ‘बार्दलीमा जून’ मुक्तक संग्रह प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?