+
+

वामदेव गौतमले बोलाए वाम एकता अभियानको राष्ट्रिय भेला

राष्ट्रियसभा सदस्य वामदेव गौतम नेतृत्वको एकता अभियानले राष्ट्रिय भेला बोलाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १७:२८

६ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतम नेतृत्वको एकता अभियानले राष्ट्रिय भेला बोलाएको छ ।

अगामी ११ असारमा ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा राष्ट्रिय भेला बोलाइएको गौतमका स्वकीय सचिव दीपक टमाटाले बताए ।

‘तीन वटै कम्युनिष्ट पार्टीलाई एकताका निम्ति पहल कदमी बढाउन राष्ट्रिय भेला बोलाइएको हो’, उनले भने ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि कुनै समूहमा पनि नलागेका गौतमले आफ्नै नेतृत्वमा एकता अभियान घोषणा गरेका थिए ।

१४ माघ २०७७ मा घोषणा गरेको एकता अभियान त्यसपछि निष्कृय छ । गौतमले भने कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?