+
+

हेयर एण्ड शान्ति अब बानेश्वरमा पनि

केश सज्जा र सौन्दर्यको सम्पूर्ण सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १४:४८

काठमाडौं । हेयर एण्ड शान्ति युनिसेक्स सलुन बाह्रैमास व्यस्त हुन्छ । नयाँ बानेश्वर, साथीभाइ, सहकर्मीबीच जमघट गर्ने साझा जक्सन पनि हो । लत्ताकपडादेखि सागसब्जीसम्म किनमेल गर्न आउनेहरुले यो चोकलाई चलायमान बनाइरहन्छ । यही चोकबाट पुरानो बानेश्वरतर्फ मोडिएपछि भेटिन्छ, आईप्लेक्स मल । यसैको दोस्रो तला उक्लिएपछि सम्मुखमा देखिन्छ, हेयर एण्ड शान्ति ।

केश सज्जा र सम्पूर्ण सौन्दर्यको लागि कहलिएको ब्राण्ड हो यो । नेपालमा काठमाडौंको कमलादीबाट सुरु भएको हेयर एण्ड शान्ति अहिले दरबारमार्ग, ठमेल, जावलाखेल हुँदै नारायणघाटसम्म विस्तार भएको छ । यसैको पछिल्लो सिलसिला हो, नयाँ बानेश्वरमा रहेको शाखा ।

सबै वर्गका ग्राहकलाई लक्षित गरेर हेयर एण्ड शान्तिले यहाँ आठौं शाखा विस्तार गरेको हो । त्यसो त नेपालमा हेयर एण्ड शान्ति सञ्चालनमा आएको धेरै बितेको छैन, लगभग पाँच वर्ष भयो । तर यत्तिको अवधिमै ग्राहकमाझ लोकप्रिय बन्न पुग्यो ।

गुणस्तरीय सौन्दर्य प्रसाधन र उपकरण, छरितो सेवा, पोख्त जनशक्ति लगायतका कारण हेयर एण्ड शान्तिले ग्राहकको मन जितेको बताउँछिन्, रुपा शाक्य । उनी हेयर स्टाइलिस्ट एवं बानेश्वर शाखाकी प्रबन्धक समेत हुन् । शाक्य भन्छिन्, ‘ग्राहकको आवश्यकता, उनीहरुको कपाल वा छालाको प्रकृति सबै कुराको विश्लेषण गरिसकेपछि मात्र हामी के गर्ने भन्ने निक्र्यौल गर्छौं ।’

ग्राहकको कपाल र छालाको प्रकृति अनुरुप उपयुक्त सेवा दिने भएकाले ग्राहकहरु विश्वस्त भएको शाक्य बताउँछिन् ।

हेयर एण्ड शान्तिले अनुहार एवं छाला र कपालको प्रकृति अनुरुप नै ब्युटी प्रोडक्ट पनि प्रयोग गरिरहेको बताइन्छ । हेयर एण्ड शान्तिले लोरेल, म्याट्रिक्स, लोटस, कस्मारा, अरोमा, एडो, प्रोटेक जस्ता ब्रान्डेड सौन्दर्य प्रसाधन मात्र प्रयोग गर्दै आएको छ ।

‘त्यससँगै हामीसँग दक्ष, अनुभवी र सिर्जनशील जनशक्ति छन्,’ शाक्य भन्छिन्, ‘त्यसैले पनि ग्राहकहरु हामीकहाँ ढुक्क हुन्छन् ।’

नयाँ वानेश्वरस्थित हेयर एण्ड शान्तिले कपालको सम्पूर्ण साजसज्जादेखि केराटिन, स्किन केयर, मेनीक्योर-पेडीक्योरलगायतका सेवा दिइरहेको छ ।

हेयर एण्ड शान्ति भारतको राजधानी दिल्लीबाट सुरु भएको हो । ‘ह्यारी एण्ड शान्ति’ नामबाट सन् २००१ मा सुरु भएको यसले छोटो समयमै ग्राहकको मन जित्न सफल भयो । भारतमा यसको १२ वटा स्टोर सञ्चालनमा छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?