+
+

डलर ठगी गरेको आरोपमा कलंकीबाट युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १४:४६

७ असार,  काठमाडौं ।  प्रहरीले  डलर ठगी गरी फरार रहेका एक युवकलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय बिष्णुलाल श्रेष्ठलाई कलंकीबाट पक्राउ गरेको हो ।

श्रेष्ठले जेठ १७ गते  २ बजेको समयमा कलंकीस्थित सीता पेट्रोल पम्प नजिक आफ्नो आमा बिरामी भएको र उपचारको ‍लागि पैसाको रुपमा डलर मात्रै रहेकोले साटिदिन भन्‍दै कागजको डलर राखेर ८ लाख रुपैयाँ लिएर फरार भएका थिए ।

पक्राउ परेका उनलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२१ को देहाय २४९ को ‘ठगी गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?