+
+

सेयर लगानीकर्तालाई आन्दोलनका कार्यक्रम त्याग्न धितोपत्र बोर्डको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १८:०१
रमेशकुमार हमाल/फाइल तस्वीर

७ असार, काठमाडौं । आन्दोलनरत सेयर लगनीकर्तालाई आन्दोलनका सबै कार्यक्रम त्याग्न नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर लगानीकर्ताले उठाएका अधिकांश मागहरु सम्बोधन भइसकेको र केही सम्बोधनका क्रममा रहेको दाबी गरे ।

आन्दोलनरत लगानीकर्तासँग वार्ता समिति बनाउन भन्दा पनि मागहरु कार्यन्वनयन मै जाउँ भन्ने नीतिअनुसार माग सम्बोधनमा बोर्डले चासो राखेको पनि उनले बताए ।

‘हामी सयम तालिका बनाएर लगानीकर्ताका मागहरु सम्बोधनका काम अघि बढाइरहेका छौं,’ हमालले भने, ‘लगानीकर्ताको मागहरु बोर्ड कै हुन् तिनीहरु केही कार्यन्वनयनका चरणमा छ, केही कार्यन्वयनमा गइसकेको छ ।’

गैरआवासीय नोपालीलाई आईपीओ आरक्षण गर्ने, ब्रोकर टीएमएस, साना लगानीकर्ताका लागि चहिने एसएमई प्लेटफर्म र ब्रोकरको शाखा विस्तारको काम तीन महिना अघि देखि नै कार्यान्वयनमा गएको अध्यक्ष हमालले जानकारी दिए ।

मर्जर तथा इक्वेजिसनको अन्योलता हटाउने विषयमा पनि बोर्डको पहलमा काम भइरहेको भन्दै उनले साउन महिनाको अन्तिममा राष्ट्र बैंकको विनियमावली नै परिवर्तन हुँने जानकारी दिए । दीर्घकालिन लगानीकर्ताको पूँजीगत लाभकर पुर्नवलोकन गर्नका लागि पनि काम भइहरको हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?