+
+

पपस्टार बियोन्सेको नयाँ गीतले अमेरिकामा तरंग : नेपाली कामदारको पीडा पनि झल्कियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १०:०५

काठमाडौं । कोरोना महामारीले जागिर गुमाउनेको संख्या ह्वात्तै बढेपछिको जनआक्रोशका बीच अमेरिकी पपस्टार बियोन्सेले मंगलबार राति नयाँ गीत ‘ब्रेक माइ सोल’ रिलिज गरेकी छन् ।

‘रेनसा’ एल्बममा संग्रहित उक्त गीतले महामारीले जागिर गुमाएपछि अमेरिकी नागरिकमा चुलिएको आक्रोशलाई प्रस्तुत गर्छ । राष्ट्रपति जो बाइडेन प्रशासनले नयाँ जागिर सिर्जना गर्न चुनौती खेपिरहेको छ ।

बियोन्सेको सो गीतको शब्दमा समेत श्रमिकको पीडा प्रस्तुत छ । बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म खटेर काम गर्नुपर्ने जसले गर्दा राति सुत्न नपाइने कारणले जागिर छाडेको मर्मस्पर्शी वेदना गीतमा प्रस्तुत छ ।

यो समस्या अमेरिकी श्रमिकको मात्र होइन, नेपालसहित तेस्रो मुलुकबाट अमेरिकी सपना बोकेर पुगेका श्रमिकको समेत हो । गीतले नेपाली कामदार र समुदायको दर्दलाई पनि व्यक्त गरेको छ ।

विश्लेषकले बियोन्सेको उक्त गीतलाई महामारीपछि अमेरिकामा सुरु भएको अहिलेसम्मकै ठूलो आर्थिक मन्दीको वास्तविक चित्रण भनेर व्याख्या गरिरहेका छन् । कतिपयले अहिलेसम्मकै धेरै श्रमिकले जागिर छाडेको कुरालाई उल्लेख गरेका छन् ।

बियोन्सेले पति तथा र्‍यापर जे जेडसँग मिलेर गीत लेखेकी हुन् । सांगीतिक प्लेटफर्म टाइटलमा रिलिज भएको उक्त गीतको निर्माण जे जेडले नै गरेका हुन् । यो गीतलाई लिएर संसारका प्रतिष्ठित मिडिया आउटलेटले पनि बहस चलाएका छन् ।

गत वर्ष नोभेम्बर २०२१ मा ‘किङ रिचर्ड’ फिल्ममा समावेश गीत ‘बी अलाइभ’बाट बियोन्से ओस्कर अवार्डमा मनोनित समेत भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?