+
+

एउटा मोबाइल नम्बर र नागरिकताबाट एकपटक मात्रै लाइसेन्स फारम भर्न मिल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १४:३०

८ असार, काठमाडौं । अब सवारी चालक अनुमति पत्रका लागि एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एउटा मात्रै आवेदन फारम भर्न सकिने भएको छ ।

यातायात व्यवस्था विभागले फरक फरक मोबाइल नम्बर प्रयोग गरेर धेरै फारम भरेको पाइएपछि यस्तो नयाँ व्यवस्था गरेको हो ।

विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन फारम भर्दा नाम, ठेगाना, नागरिकताको विवरण, सवारी चालक अनुमतिपत्रको विवरण भर्दा त्रुटि भएमा आवेदन गरेको/गर्न चाहेको नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाएर आफ्नो विवरण पुनः भर्न समेत अनुरोध गरेको छ ।

हेर्नुहोस् विभागको सूचनाः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?