+
+

आफू राष्ट्रपति उम्मेदवार बन्न लागेको खबर टेलिभिजनबाट थाहा पाइन् द्रौपदी मुर्मूले

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १६:५९
द्रौपदी मुर्मू र नरेन्द्र मोदी ।

८ असार, काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा र उसका सहयात्री दलको एनडीए गठबन्धनबाट द्रौपदी मुर्मू राष्ट्रपतिको उम्मेदवार बन्ने भएकी छिन् ।

उनी झारखण्डमा पहिलो महिला तथा आदिवासी राज्यपाल बनेकी थिइन् । ६ वर्ष राज्यपाल बनेकी उनी त्यसपछि उनी गृहनगर ओडिसाको रायरंगपुरमा बस्दै आएकी थिइन् ।

राजधानी दिल्लीमा बसेको एनडीएका बैठकले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाएको जानकारी उनले १६०० किलोमिटर टाढाको आफ्नो गाउँमा टेलिभिजनमार्फत थाहा पाएकी थिइन् ।

उनले स्थानीय सञ्चारमाध्यमसँग भनिन्, ‘म आश्चर्यचकित भएको छु र खुसी पनि छु किन कि मलाई राष्ट्रपतिको उम्मेदवार बनाइएको छ, मैले टेलिभिजिनमा समाचार हेरेर थाहा पाएँ ।’ जुन २० अर्थात २ दिनअघि ६४औं जन्मदिन मनाएकी उनले संविधानले दिएको अधिकार अनुसार काम गर्ने बताइन् ।

सन् २०१७ को राष्ट्रपति चुनावमा पनि उनको नाम चर्चामा आएको थियो । तर त्यतिबेला एनडीएले रामनाथ कोबिन्दलाई राष्ट्रपति बनाएको थियो ।

यसपटक विपक्षी गठबन्धनले भने विजेपीका पूर्व नेता यशवन्त सिन्हालाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएका छन् । पूर्वमन्त्री समेत रहेका सिन्हा पछिल्लो समयमा प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैलीको विरोधमा थिए, मोदीको आलोचक रहेका उनी केही समयअघि मात्रै बीजेपीबाट अलग भएका थिए । उनी ममता बनर्जीको दल तृणमूल कंग्रेसमा आवद्ध छन् ।

भारतमा १८ जुलाईमा राष्ट्रपतिको चुनाव हुँदै छ र त्यसका लागि २९ जुनसम्ममा मनोनयन दर्ता गरिसक्नु पर्ने छ । २१ जुलाईमा नयाँ राष्ट्रपति पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?