+
+

ललितपुरको जीएचसीए सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १७:२४

८ असार, काठमाडौं । ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए), ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

जीएचसीए समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ ।

सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । जीएचसीएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई हराएको थियो ।

मूलपानी क्रिकेट मैदानमा जीएचसीएले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १० विकेटले सहजै पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । एन्जल्सले ११.१ ओभरमा पूरै विकेट गुमाएर मात्र ३३ रनको सामान्य योगफल खडा गर्‍यो ।

एन्जल्सका सन्देश भण्डारीले ९ बलमा ८ रन बनाए । बलिङतर्फ ‘म्यान अफ द म्याच’ जीएचसीएका साइमन रोयले ४ ओभरमा १ मेडन फाल्दै १.७५ को औसतमा मात्र ७ रन दिए । अजय यादवले ३ तथा रुपेश यादवले २ विकेट हात पारे ।

जवाफमा जीएचसीएले ५ ओभरमा विना विकेट क्षति लक्ष्य पूरा गर्‍यो । जीएचसीएका अली अक्बर अन्सारीले १६ बलमा १८ तथा लक्की कठायतले १४ बलमा १५ स्कोर गरे ।

बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा जीएचसीएको काठमाडौं टोली पनि जित निकाल्न सफल भयो । जीएचसीएले कालिकोट जिल्ला क्रिकेट संघलाई ६ विकेटले हरायो ।

पहिले ब्याटिङ गर्न मैदान प्रवेश गरेको कालिकोटले १२.३ ओभरमा सबै विकेट गुमाउदै ४५ रन जोड्यो । कालिकोटका विश्वास खत्रीले २३ बलमा १२ तथा कृष भण्डारीले २२ बलमा ८ रन बटुले ।

जीएचसीएका परिक्षित ढकाल र दीपेन्द्र भण्डारीले ४–४ विकेट लिए । ‘म्यान अफ द म्याच’ परिक्षितले ३ ओभरमा १.७० औसतमा ५ रन दिए ।

जीएचसीएले १२.१ ओभरमा ४ विकेट क्षतिमा ४६ रनको लक्ष्य पूरा गर्‍यो । जीएचसीएका अनुभव खनालले १७ बलमा ११ रन जोडे । कालिकोटका म्याट्रिक थापाले २ विकेट झारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?