+
+
जिल्ला न्यायाधीश र कानून व्यवसायीबीच घूस संवाद  :

अडियो छानबिन गरी दोषीलाई कारबाही गर्न बार एशोसिएशनको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १७:५१

८ असार, काठमाडौं । ठगीको आरोप लागेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेल बीचमा भएको मोलमोलाईको अडियोका बारेमा छानबिन गर्न नेपाल बार एशोसिएशनले माग गरेको छ ।

एशोसिएशनकी महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति निकालेर सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा त्यसको आधिकारिकता र सत्य–तथ्य ब्यहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कोही कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानूनी दायरामा ल्याउनका सम्बन्धित नियमनकारी निकायहरुसँग माग गरेकी छिन् ।

संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिका, व्यवसायिक र मर्यादित बार एशोसिएशनको प्रमुख लक्ष्य रहेको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीबृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीहरुबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरुको नेपाल बार एशोसिएशन घोर निन्दा गर्दछ ।’

न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालामाथि छानबिन गर्न समिति बनाएको छ । यस्तै बार काउन्सिलले पनि अधिवक्ता पोखरेलसँग स्पष्टिकरण मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?