+
+

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते ११:१२

९ असार, बारा । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी बस्ने १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई ती किशोरले घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?