+
+

अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १२:३६

९ असार, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक डे (दिवस) २०२२ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक दिवस मनाउने जनाएको छ ।

कमिसनले लगनखेलस्थित नेपाली सेना खेलकुद तथा शारीरिक तालिम केन्द्रमा दिउसो विविध कार्यक्रम आयोजना गर्दैछ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक दिवसको अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ ।

पहिलो पटक हुन लागेको यस अवार्डमा विभिन्न ९ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट पुरुष र महिला प्रशिक्षक तथा उत्कृष्ट राष्ट्रिय खेल संघ गरेर ५ विधामा अवार्ड प्रदान गरिनेछ ।

यस्तै खेलकुद पत्रकारिता सँग जोडिएको छापा, मल्टिमिडिया, भिजुअल मिडिया र फोटो पत्रकारितातर्फ पनि अवार्ड प्रदान गरिनेछ ।

आधुनिक ओलम्पिक स्थापना भएको दिनको अवसर पारेर हरेक वर्षको जुन २३ मा ओलम्पिक दिवस मनाउने गरिन्छ । स्पोर्ट्स फर अल कमिसनले गत २२ जेठदेखि नै नेपालमा विभिन्न कार्यक्रम गरी ओलम्पिक दिवस मनाउन सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?