+
+

सांसद तामाङको प्रश्न : साढे २ वर्ष भयो, गाँजासम्बन्धी विधेयकमा किन छलफल भएन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १४:२३

९ असार, काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले आफूले संसद सचिवालयमा दर्ता गरेको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयकमा अहिलेसम्म किन छलफलमा नल्याएको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद नियमावली अनुसार विधेयक दर्ता भएको ४ दिनभित्र विधेयकको कपी सबै सांसदलाई दिनुपर्ने र ७ दिनपछि छलफलमा ल्याउनेपर्ने व्यवस्था रहेको स्मरण गराए । र उनले यो नियम आफ्नो विधेयकको हकमा किन लागू नभएको भन्दै प्रश्न गरेका छन् ।

सांसद तामाङले गाँजा खेतीबाटै नेपाल समृद्ध हुनसक्ने भन्दै गाजा नियमनसम्बन्धी विधेयक २०७६ फागुन १९ गते संसद सचिवालयमा दर्ता गरेका थिए ।

दुई वर्ष ५ महिना १६ दिनसम्म उक्त विधेयकमा छलफल नभएको भन्दै सांसद तामाङले प्रश्न गरे, ‘एक जनप्रतिनिधिको सार्वभौम अधिकार अधिकार हनन भयो कि भएन म प्रश्न गर्न चाहन्छु ? म कहाँ भन्न जाऔं ?’

उनले गाँजासम्बन्धी विधेयक तत्काल छलफलमा ल्याउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?