+
+

सगरमाथा चढेकी दीया भन्छिन्- मेरो आँखामा हेर्नुस्, आनन्द पाउनुहुनेछ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १५:०१

काठमाडौं । अभिनेत्री दीया पुन सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्री हुन् । गत जेठ १३ गते बिहान उनले ८,८४८.८६ मिटर उचाइको सगरमाथाको चुचुरो चुमिन् ।

एउटी अभिनेत्रीको लागि आफ्नो अनुहार सौन्दर्यको ग्ल्यामर क्षेत्रमा अर्थ हुन्छ । अनुहारै बिगार्ने किसिमले हिमाल आरोहणको निर्णय गर्नु ‘बोल्ड’ निर्णय पनि हो । दीयाले यस्तै गरिन् ।

अब दीयालाई नयाँ फिल्म ‘अन्तिम संस्कार’ छायांकनअघि पुरानै स्वरुपमा अनुहारको काया फर्काउनुछ । एक किसिमले उनको लागि यो चुनौती पनि हो । ‘अब हिउँले खाएको फेसलाई पहिलेकै रुपमा फर्काउने प्रयास गर्छु,’ दीयाले अनलाइनखबरसँग भनिन् ।

हिमाल चढेपछिको सेल्फी पोस्ट गर्दै दीयाले लेखेकी छन्, ‘निन्द्रा, पानी, आँधी र घाममा खुलेपछि आँखा राता भएका छन् । छाला राता र सुख्खा भएका छन् । क्याम्प-२ भन्दा माथि लागेपछि मैले आँखा र छालालाई जोगाउन भरपुर प्रयास गरें । मैले अन्तिमपटक कहिले नुहाएकी थिएँ, गन्नै बिर्सिएँ । यी सबै कठिनाइको बाबजुद पनि तपाईंले जब मेरो आँखामा हेर्नुहुन्छ, म हिमाल चढ्नुको आनन्द महसुस गर्नुहुन्छ ।’

दीया अभिनित फिल्म मन्त्र जेठमै रिलिज भएको थियो भने उनको नयाँ फिल्म अन्तिम संस्कार छायांकनको तयारीमा छ । उनले निर्मल पूजाको आरोहण कम्पनी एलिट एक्सिपिडिसनमार्फत हिमाल चढेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?