+
+

अघिल्लो बुलको माथिल्लो बिन्दु मिच्दै ओरालो लाग्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १५:३९

९ असार, काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम बिहीबार समेत निरन्तर जारी रह्यो । यस दिन कुल ४५.२५ अंकले घटेको छ । सेयर बजार अघिल्लो बुलको सबैभन्दा उच्च बिन्दु १८८१ (१२ साउन २०७३) लाई पनि मिच्दै १८४८ बिन्दुमा आएर रोकिएको छ ।

सबै उपसमूहहरु राताम्य रहेको बिहीबार जलविद्युत, विकास बैंक, लगानीसहितका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बुधबारको तुलनामा कारोबार रकम बढेका कारण लगानीकर्ता अत्तालिन थालेर बेचिरहेको देखिन्छ ।

बिहीबार कुल २३७ वटा कम्पनीको ३३ हजार ४६० वटा कारोबारबाट ५० लाख ८ हजार ७७१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

घट्दो बजारमा पनि आँधीखोला लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लाग्यो । यसको मूल्य ९६०.७० रुपैयाँ पुगेको छ । सीईओसी नेपाल लघुवित्तको मूल्य ९.९९ प्रतिशतले बढेर ६०५.३० रुपैयाँ पुगेको छ ।

बिहीबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा शिवश्री हाइड्रो रह्यो । ९.५६ प्रतिशत कम भएको यो कम्पनीको मूल्य २२७ रुपैयाँमा झरेको छ । लिवर्टी इनर्जीको मूल्य ९.२१ प्रतिशत ओरालो लाग्दा २०७ रुपैयाँमा झरेको छ । सामलिङ पावर, एनआईबीएल प्रगती फण्ड, जोशी हाइड्रोसहितका कम्पनीको मूल्य बढी घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?