+
+

झण्डै ५ किलो हेरोइनसहित ४ जना बौद्धबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १९:४९

९ असार, काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ४.९ किलो लागूऔषध हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ ।

विगतमा केही मानिसहरुलाई पटक-पटक पक्राउ गरेको अनुभवको आधारमा शंकास्पदको पहिचान गरेर अनुसन्धान गर्ने क्रममा झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा तान्जानियन नागरिक अब्दल्ला बुल्लिकक, भारतीय नागरिक मुनिम सिंह, विक्रमजित सिंह र वीरगञ्ज घर भएका नेपाली नागरिक कोबिक्की रौनियार छन् ।

श्रेष्ठका अनुसार तान्जानियन नागरिकको गतिविधि शंकास्पद लागेपछि ब्यूरोबाट खटिएको टोलीले उनलाई निगरानी गर्दै बौद्धस्थित एक होटलसम्म पुगेको थियो । त्यसक्रममा उनले ल्याएको सुटेकसभित्र झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको हो ।

‘हेरोइन लुकाउनलाई उनले सुटकेसभित्र पिँधको भागमा रहेको फल्सबटममा लागूऔषध लुकाएका थिए’ श्रेष्ठले भने । पक्राउ परेका भारतीय नागरिक चाहिँ उनीसँग लागूऔषध लिन आएका थिए । ताञ्जिनियन नागकिरले दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौंमा लागूऔषध ल्याएका थिए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ब्यूरोले जेठ अन्तिम साता पनि विशेष अपरेशन चलाएर ५१ किलो हेरोइनसहित ७ जना महिलालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?