+
+

दैलेखको कोतगढीमा ५१ वर्षपछि फर्काइयो सुन्दरी तोप

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते ८:२८

१० असार, काठमाडौं । नेपाली सेना र दैलेखको इतिहाससँग जोडिएको सुन्दरी तोप ५१ वर्षपछि दैलेखको कोतगढीमै फर्काइएको छ ।

२०२८ सालको भोकभरीपछि दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सार्दा गणमा भएको सुन्दरी र अर्गा तोप पनि सुर्खेत नै लगिएको थियो । सुन्दरी तोपलाई बिहीबार बाजागाजा र झाँकीसहित दैलेखको नारायण नगरपालिका–१ स्थित कोतगढीमा फर्काइएको छ ।

तर त्योभन्दा ठूलो आकारको अर्गा तोपको भने अत्तोपत्तो छैन । अर्गा तोपको खोजी भइरहेको नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा बताउँछन् ।

सुन्दरी तोप तोप २३२ वर्ष पुरानो मानिन्छ । यो ऐतिहासिक तोप गत माघ २१ गते सुर्खेतस्थित नेपाली सेनाको पश्चिम पृतनाबाट दैलेखको कालीदत्त गुल्म काँडाचौरमा फिर्ता ल्याइएको थियो । गुल्मले दैलेख नगरपालिकालाई जिम्मा लगाएपछि बिहीबार तोप र सो तोपमा प्रयोग हुने ८१ थान गोला कोतगढीमा लगेर राखिएको छ ।

तोप राखिएको कोतगढी बहादुर शाहको पालाको हो । १२ फिट उचाइको कोतगढी किल्ला पश्चिमतर्फका राज्य एकीकरण गर्न बहादुर शाहले प्रयोग गरेको इतिहास छ ।

तोप र कोतगढीको जिम्मा नारायण नगरपालिकाले लिएको छ । नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले तोप फर्किएपछि जिल्लाको शोभा झन् बढेको भन्दै यसबाट पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?