+
+
फ्राइडे रिलिज :

हलमा लागे घनचक्कर, जुगजुग जिओ र एल्भिस

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते ११:४१

काठमाडौं । शुक्रबारदेखि नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘घनचक्कर’, बलिउडको ‘जुगजुग जियो’ र हलिउडको ‘एल्भिस’ प्रदर्शनमा आएका हुन् ।

सस्पेन्स र कमेडी फिल्म ‘घनचक्कर’मा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका छ । रोजगारी खोज्दै गाउँबाट सहर पसेका दुई बेरोजगार युवाको कथावस्तुमा फिल्म आधारित छ । फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् ।

बाज लरम्यान निर्देशित हलिउड फिल्म ‘एल्भिस’ले अंग्रेजी रकगायक एल्भिस प्रिस्लेको जीवन यात्रा र संघर्षलाई चित्रण गर्छ । बाल्यकालदेखि रकस्टार हुँदै फिल्म अभिनेता बन्न उनले गरेको संघर्ष र व्यवस्थापक टम पार्करसँगको जटिल सम्बन्धलाई फिल्मले चित्रण गर्छ । फिल्ममा अस्टिन बट्लरले एल्भिस प्रिस्लेको भूमिका निर्वाह गरेका छन् ।

करण जोहरको कम्पनी धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्म जुगजुग जिओमा वरुण धवन, अनिल कपुर, कियारा आडवाणी, नीतु कपुरको मुख्य भूमिका छ ।

फ्यामिली कमेडी ड्रामा जनरामा निर्माण भएको यो फिल्मलाई राज मेहताले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?