+
+

सेयर लगानीकर्ता कोइरालाले १०औं दिनमा तोडे अनसन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १५:०४

१० असार,काठमाडौं ।  पूँजीबजार सुधारका विभिन्न माग राखेर १० दिनदेखि आमरण बसेका तिलक कोइरालाले अनसन तोडेका छन् ।

पूँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालालाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जुस पिलाएर शुक्रबार अनसन तोडाएका हुन् । बोर्डसँग १९ बुँदे सहमति गरेपछि कोइरालाले अनसन तोडेका हुन् ।

संघर्ष समितिले राखेका माग पुरा गर्न नेपाल धितोपत्र बोर्डले कार्यान्वयन समितिले बनाएसँगै कोइराला अनसन तोड्न राजी भएका हुन् । अनसान तोड्नुअघि बोर्ड अध्यक्ष हमालले लानीकर्ताले उठाएका १९ बुँदे माग पुरा गर्न नवगठित कार्यन्वयन समितिले आइतबारबाटै काम थाल्ने प्रतिवद्धता जनाएका थिए ।

असार १ गते देखि बोर्ड परिसरमा अनसन बसेका कोइरालाले अनसन तोडेपछि आफूले उठाएका मागहरु पुरा भएको प्रतिक्रिया दिएका छन् ।

अनसन तोडेपछि फेसबुकमा कोइरालाले लेखेका छन्  ‘सबैमा बधाई, १९ बुँदे माग पुरा र पूँजी बजारको जीत भयो, मैले अनशन तोडेँ।’

हेर्नुस् सहमतिपत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?