+
+

अभिनयबाट सन्यास लिने ब्राड पिटको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १५:५२

काठमाडौं । हलिउड अभिनेता ब्राड पिटले अभिनयबाट सन्यास लिने संकेत गरेका छन् । जीक्यू म्यागजिनसँगको कभर स्टोरीमा ओस्कार विजेता अभिनेता पिटले यस्तो खुलासा गरेका हुन् ।

५८ वर्षीय यी अभिनेताले सन्यासलाई लिएर भनेका छन्, ‘म करिअरको समाप्तिलाई लिएर सायद अन्तिम चरणमा छु । सम्भवतः यो अन्तिम चरण हुनेछ । अब यो कुरालाई कसरी अघि बढाउने भन्नेबारे सोचिरहेको छु ।’

साराह पोली निर्देशित ‘वुमन टकिङ’, मार्लिन मुनरोको बायोपिक ‘ब्लन्डे’, मारिया स्कार्टरको ‘सी सेड’ जुन हार्वे वेइन्स्टनमाथि बनेको ब्राड पिटका आगामी फिल्म हुन्, जुन प्रदर्शनको तयारीमा छन् ।

तर कहिलेसम्म आफू रजतपटबाट बाहिरिने भन्ने यकिन मिति भने उनले खुलाएनन् । पिटको एक्सन फिल्म ‘बुलेट ट्रेन’ अगस्ट ५ मा प्रदर्शन हुँदैछ । यो फिल्म नेपालमा पनि रिलिज हुने सम्भावना छ ।

उक्त कभर स्टोरीमा अभिनेता पिटले आफूले धुम्रपान छाडेकोदेखि ६ वर्षसम्म आफू मानसिक अस्थिरतामा रहेको खुलासा पनि गरेका छन् । पिट अभिनित वन्स अपन अ टाइम इन हलिउड नेपालमा पछिल्लोपटक रिलिज भएको फिल्म हो, जसले बक्स अफिसमा औसत कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?